पोखरामा प्रदर्शनी

लोकप्रिय

पोखरा, भदौ २८ गते  । 

गण्डकी प्रदेशमा उत्पादन भएका नवीनतम् वस्तुहरुको पोखरामा प्रदर्शनी गरिएको छ । यस प्रदेशका जिल्लामा उत्पादन भएका वस्तुको सहज बजारीकरण गर्ने तथा एक जिल्लाको उत्पादन सम्बन्धी अनुभवलाई अन्य जिल्लामा साटासाट गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । 

मेलामा विभिन्न जिल्लामा उत्पादन गरिएका सामग्रीका साथमा उत्पादन शैली र प्रविधिको पनि प्रदर्शनी भएको थियो । स्थानीय स्रोत तथा साधनको प्रयोगमा उत्पादन भएका सामग्रीको प्रदर्शनीसँगै विदेशमा सिकेको सीपलाई स्वदेशमा कसरी प्रयोग गर्ने, कसरी स्वरोजगार बन्ने जस्ता विषयमासमेत जानकारी गराइएको थियो । मेलाले नयाँ ज्ञान र सीपलाई जनसामु पस्केको आयोजकको भनाइ रहेको छ । 

पोखरा महानगरपालिका, युएनडिपी र कोइकाको सहयोगमा प्रदेशभरका नवीनतम् उत्पादनलाई एकै ठाउँमा जुटाइएको हो ।

प्रर्दशनीमा राखिएका सामग्रीको अवलोकनपछि बोल्दै युएनडिपी नेपालका आवासीय प्रतिनिधि आईस्यानी ल्यावेले मेलाले स्थानीय स्रोत र साधनको प्रयोग गरी उत्पादन बढाउन सहयोग मिल्ने बताउनुभयो । मेलामा कोरियन ईन्टरनेशनल कर्पोरेशन एजेन्सीका अन्तराष्ट्रिय उपाध्यक्षसहितका प्रतिनिधि  र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले अवलोकन गर्नुभएको थियो । उहाँहरुले नयाँ सोचको प्रयोगलाई प्रभावकारी बनाउन मेला सफल रहने बताउनुभयो । 

मेलामा कास्की, स्याङ्जा, तनहुँ, पर्वत, म्याग्दी, लमजुङ लगायतका जिल्लाका उत्पादनलाई बजारीकरणका लागि अभियान स्वरुप मेलाको आयोजना गरिएको युएनडिपीका प्रादेशिक प्रमुख सुदिप अर्यालले जानकारी दिनुभयो । 

ताजा समाचार

Related Articles