प्रशासन अमानवीय बन्योः दुई मिनेट ढिलो भएको भए बच्चाको ज्यान जान्थ्यो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २५ गते । हेटौँडा उपमहानगरपालिकाको राजमार्ग क्षेत्रमा गरिएको डोजर आतङ्क बन्द गर्न माग गरिएको छ ।
जनताको घर क्षतिपूर्ति बिना भत्काउने र नागरिकको भूमि लुट्न नपाइने भन्दै डोजर लगाएर क्षति गरिएका घर पुनर्निर्माण गर्न प्रभावितहरुले माग गरेका छन् ।
काठमाडौँको जुद्ध शालिक अगाडि हेटौँडाका प्रभावितहरुको पक्षमा बुधबार प्रदर्शन गर्दै अभियानकर्मीहरुले मानव अधिकार संरक्षण, हेटौँडाको घर पुनर्निर्माण र प्रमुख जिल्ला अधिकारीको राजीनामा गरेका थिए ।
अन्तर्राष्ट्रिय महासन्धी १६९ पालना, मन्त्री कूलमान घिसिङको राजीनामा तथा पहिचान र स्वाभिमानको रक्षा गर्न नारा लगाउँदै प्रदर्शनीकारीहरुले हेटौँडामा भएको
गैरन्यायिक आतङ्क बन्द भनेका छन् ।
रैथाने बासिन्दालाई अतिक्रमणकारीको लाच्छना लगाइएकोप्रति अस्वीकार गर्दै मानव हनन् गरिएको प्रदर्शनकारीले बताएका थिए ।
राति सुतिरहेको अवस्थामा डोजर चलाएको भन्दै प्रदर्शनीकारीले भने स्थानीय प्रशासनले अदालतको आदेश पाएका छैन भन्नु लाजमर्दो हो ।
सय वर्षभन्दा अघिको सहरमा विकासका नाममा राज्य आतङ्क मच्चाएको भन्दै काठमाडौँ उपत्यकाका अभियानकर्मीहरुहरुले व्यक्तिको सम्पत्ति हडप्न नपाइने र राज्यको दमनविरुद्ध उत्रएको बताएका थिए ।
अभियानकर्मी विद्या श्रेष्ठले हेटौँडालाई गाँजा जस्तै युद्धस्थल बनाएको र स्थानीयमाति राज्यबाट अन्याय भएकोले राज्य सच्चिनु पर्ने बताउनुभयो ।
न्यायको लागि भएको आन्दोलनप्रति ऐक्यवद्धता रहेको छ उहाँले भन्नुभयो ।
नागरिकको घर भत्काउन विकास होइन भन्दै सहभागीहरुले जेनजी विद्रोहको चेतावनीसमेत दिएका थिए ।
गुठी विधेयक असफल भएको सम्झन सुझाउँदै पाँचभन्दा बढी घर भत्काइएको र सरकारको नीति बनाउनुभन्दा अघि बसेको बस्तीलाई शनिबार झिसमिसेमा भत्काउनु कति जायज हो भन्दै प्रदर्शनमा सहभागीहरुले प्रश्न गरेको थिए ।
हेटौँडाका सडक प्रभावितलाई न्याय दिन र सर्वोच्च अदालतको आदेश पालना गर्न माग गर्दै अदालतको आदेशको अवज्ञा सडक डिभिजन हेटौँडा र मकवानपुर प्रशासनले गरेको प्रदर्शनकारीको जिकिर छ ।
प्रहरी प्रशासनले ज्यादती गरेको आरोप लगाउँदै घरघरमा चलेको डोजर प्रभावित भएका एक प्रदर्शनकारीले भन्नुभयो, दुई मिनेट ढिलो भएको बच्चको ज्यान जान्थ्यो ।
उहाँका अनुसार बच्चा सार्ने बित्तिकै मात्रै डोजरको बकेटले घरभित्र सोरेका कारण बचेको हो, सुतेकै स्थानमा जोडर प्रयोग गरियो । उहाँले प्रभावितको एक जनाको हृदयघातबाट मृत्युभएको समेत सुनाउनुभयो ।
उहाँले जग्गाको किनबेच भईरहेको, सम्पत्ति कर लिएको र तिरो बुझाउँदै आएको भन्दै मुआब्जाको कुरा गर्दा जनप्रतिनिधि मुण्टो फर्काउने गरेको आरोप लगाउनुभयो ।
भूमि अधिकार संरक्षण समितिका श्यामकृष्ण प्रजापति हेटौँडाबासीलाई अन्याय परेको बताउनु हुन्छ । उहाँले भन्नुभयो, मुआब्जा लिएको छ भन्ने प्रमाणित गरे हामी आफै घर भत्काउन जान्छौ ।
यस्तै अभियानकर्मी रोशन श्रेष्ठले सडक चौडा गर्ने कार्य गैरन्यायिक भएको र बर्बरापूर्वक गरिएको सडक विस्तारले नागरिक घरबारविहीन, बताउनुभयो ।
दुःख दिने काम गर्नु भएन, मुआब्जा र क्षतिपूर्ति बिना कब्जा गर्नुभएन, कमाण्डो फोर्स तयार गरेर आक्रमण गरिएको छ । मुआब्जा लिएको भन्दै भ्रम सिर्जना गरिएको र विकास विरोधीको संज्ञा दिइएको प्रदर्शनीकारप्को प्रश्न छ, मुआब्जा लिएको भए किनबेच कसरी हुन्छ ।
प्रदर्शनकारी चन्द्र महर्जनले नागरिकलाई फुटपाथमा ल्याउन र विकासको नाममा नागरिकको सम्पत्ति लुट्न पाईँदैन भन्नुभयो ।
प्रदेश सभा सदस्य शैलेन्द्रमान वज्राचार्यले वैकल्पिक मार्ग हुँदा हुँदै पनि एसियन राजमार्गका नाममा बस्तीमा सडक बढाउनु उचित नभएको बताउनुभयो ।
बजार बचाएर लैजान सक्ने अवस्था छ । मुआब्जा नदिइकन सडक विस्तार उचित होइन उहाँले भन्नुभयो, शनिबार जोडर आतंक गरिएको छ ।
उहाँले चुनाव गराउने सरकारले आतङ्क मच्चाएको र नागरिकको अर्बोको क्षति भएको र स्थानीय विस्थापित हुने अवस्था आएको बिना मुआब्जा नागरिकको जग्गा कब्जा गर्नु अत्यार भएको भएको बताउनुभयो । बम खसालेको भन्दा बढी क्षति र हेटौँडा कुरुप बनेको उहाँले भन्नुभयो, सरकारले फिर्ता लिनु पर्छ ।

ताजा समाचार

Related Articles