मधेश प्रदेशसभाको सभामुखमा यादव निर्वाचित

लोकप्रिय

जनकपुरधाम,पुस ६ गते। मधेश प्रदेशसभाको सभामुखमा रामअशिष यादव निर्वाचित हुनु भएको छ। मधेश प्रदेश सभाको आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सभामुख पदका लागि भएको निर्वाचनमा यादवको पक्षमा ७२ मत परेको छ। बैठकमा ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा २४ जनाले यादवको विपक्षमा मतदान गर्नु भएको थियोे।

प्रदेशसभामा रिक्त रहेको सभामुख पदका लागि जसपा नेपालकोतर्फ बाट रामअशिष यादव र नेकपा एमालेको तर्फबाट त्रिलोकी प्रसादको उम्मेदवारी परेको थियो।

यसैबिच मधेस प्रदेशसभाको तेस्रो सभामुखको रूपमा रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले आज जनकपुरधाममा एक  समारोहबीच यादवलाई सभामुख पदको शपथ गराउनुभएको हो । उहाँले मधेसको पहिचान र मातृभाषाको सम्मान झल्किने गरी मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो।

ताजा समाचार

Related Articles