प्रदेश खेलकुद प्रतियोगिता हेटौंँडामा सुरु

लोकप्रिय

मकवानपुर, असार ३ गते ।
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता हेटौंँडामा सुरु भएको छ । बागमती प्रदेश खेलकुद परिषद हेटौँडाको आयोजनामा यही असार ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १५ विधाका खेलहरु सञ्चालन हुने छ । प्रदेशको १३ जिल्लाका दुई हजार ९५५ खेलाडीहरुले १५ बिधाका खेलमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएकाके छ ।
प्रतियोगिता अन्तर्गत हेटौँडामामा फुटबल ,पुरुष क्रिकेट ,बक्सिङ ,तेक्वान्दो ,एथ्लेटिक्स , ब्याडमिन्टन , कराते , बुद्धिचाल र टेबलटेनिस खेल हुने भएको छ । यसैगरी चितवनमा महिला क्रिकेट र कराते तथा काठमाडौँ र ललितपुरमा भलिबल ,पौडी ,उसु र जुडो खेल सञ्चालन हुनेछ । पुरुष क्रिकेट र फुटबल असार १ गतेदेखि सुरु भइसकेको छ ।
प्रतियोगिताको उद्घाटन बुधबार एक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले गौरिटार रङ्गशालामा गर्नुभयो ।
प्रतियोगिता सञ्चालनको लागी १३ करोड २० लाख रुपियाा खर्च हुने आयोजकले जानकारी दिएको छ । यस प्रतियोगितामा उत्कृष्ट खेलाडीहरु छनौट गरी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइने छ ।

ताजा समाचार

Related Articles