प्रधानमन्त्री सुशीला कार्कीसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

लोकप्रिय

काठमाडौँ, पुस ६ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भेटवार्ता गर्नुभएको छ । कारागारबाट छुटेपछि चितवनबाट आज काठमान्डौ आइपुग्नु भएका रास्वपा सभापति लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो । लामिछाने आज साँझ करिब साढे सातबजे बालुवाटार पुग्नुभएको हो । भेटमा आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्यको निर्वाचन लगाएत समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आजै सभापति लामिछानेले संसद् पुनर्स्थापनाको षडयन्त्र बन्द गर्न आग्रह गर्नुभयो । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पुगेर उहाँले संसद् पुनर्स्थापनाका लागि दौडधुपको कुरा सुनेको बताउदै षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गर्नुभएको हो । उहाँले जेनजीको योगदानलाई पूरा गर्नका लागि लाग्न आग्रह गर्दै सिंहदरबार बनाएर मात्रै नहुने भन्दै देश बदल्न जरुरी रहेको पनि बताउनुभयो ।

सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका रास्वपा सभापति लामिछाने उच्च अदालतको आदेश बमोजिम धरौटी रकम जिल्ला अदालत रुपन्देहीमा बुझाएर शुक्रबार कारागारबाट छुट्नु भएको हो ।

ताजा समाचार

Related Articles