निर्मल माविको स्वर्ण महोत्सव सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस १२ गते । हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित निर्मल माध्यामिक विद्यालय स्थापनाको ५० औँ वर्षको अवसरमा आयोजित स्वर्ण महोत्सव सम्पन्न भएको छ ।
स्वर्ण महोत्सवको विद्यालय परिसरमा शनिबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
समापन कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले श्रम र रोजगारीलाईजोड्नुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशका पूर्वमन्त्री एकालाल श्रेष्ठले बागमती प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

प्रदेश सभा सदस्य भारती पाठकले अब जीवनोपयोगी र रोजगारमूलक शिक्षा आवश्यकभएको धारणा राख्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीको अध्यक्षतामा भएको स्वर्ण महोत्सवको समापन समारोहमा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामचन्द्र बर्तौला, प्रधानाध्यापक प्रबोध विडारीलगायतले बोल्नुभएको थियो ।
समापन कार्यक्रममा विद्यालयलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

महोत्सवका अवसरमा कार्यक्रममा विद्यालय गीत र वृत्तचित्र सार्वजनिकसँगै विद्यालयको अभिलेख झल्कने स्तम्भको अनावरण र निर्मल स्मारिका विमोचन गरिएको थियो ।
महोत्सव अन्तर्गत यस्तै पुरुष भलिबल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, स्काउट मार्च पास प्रातियोगिता, पूर्वविद्यार्थी सम्मान, लोकदोहोरी कार्यक्रमलगायत अतिरिक्त कार्यक्रम भएको मूल आयोजक समितिका सदस्य सचिव वसन्त सिटौलाले जानकारी दिनुयो । महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पुस ८ गते उद्घाटन गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles