नेकपा मकवानपुरद्वारा प्रत्यक्षतर्फ २१ जनाको नाम सिफारिश

लोकप्रिय

हेटौँडा, पुस १२ गते । नेपाली कम्युनिष्ट पार्टी मकवानपुरले प्रत्यक्षतर्फ र समानुपातिकतर्फको निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गरेको छ । दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदल र जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा १३ जना र प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट आठ जना गरी २१ जनाको नाम प्रत्यक्षतर्फका लागि सिफारिश गरेको हो । सिफारिशमा पर्नेमा बहालवाला स्थानीय तह र प्रदेश सभाका जनप्रतिनिधि समेत छन् ।

नेकपा मकवानपुर एकता कार्यदलका सदस्य भीम पाख्रिनले उम्मेदवारहरुको नाम सर्वसम्मत रुपमा बैठकले सिफारिश गरेको जानकारी दिनुभयो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रेमबहादुर पुलामी, प्रल्हाद लामिछाने, सर्केस घलान, भीम पाख्रिन, सोमबहादुर थिङ, किशोर टण्डन, ललितबहादुर घलान, शुभरत्न गोले, सूर्यकला तिमल्सिना र वीरबहादुर थिङको नाम सिफारिश गरिएको छ ।
यस्तै क्षेत्र नं. २ मा विरोध खतिवडा, कुमारी मोक्तान, रामनारायण बिडारी, वीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती, वनस्थम थिङ र किशोर बर्तौला प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिशमा पर्नुभएको छ ।

प्रतिनिधि सभा सदस्यको निर्वाचिनमा सिफारिशमा पर्नेमा वहालवाला जनप्रतिनिधहरु प्रेमबहादुर पुलामी बागमती प्रदेश सभा सदस्य, सर्केश घलान बागमती गाउँपालिका अध्यक्ष, ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख, कुमारी मोक्तान प्रदेश सभा सदस्य र बनस्थम थिङ राक्सिराङ गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।
समानुपातिकतर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी, लक्ष्मी पाख्रिन गोले, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान, कृष्ण चेपाङ, रामेशकुमार राई, रामचन्द्र बल, जीवन लामा, सन्तोषकुमार तामाङ, बालकृष्ण चौलागाईं, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाईं र कृष्ण घिमिरेको नाम विभिन्न क्लस्टरअन्तर्गत सिफारिस गरिएको छ ।
यसैगरी आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यका लागि तारानाथ खतिवडा, विष्णुमाया लामा र दिलबहादुर स्याङ्बोको नाम सिफारिस गरिएको छ ।

 

ताजा समाचार

Related Articles