दलित पत्रकार संघको प्रदेश अध्यक्षमा परियार चय

लोकप्रिय

काठमाडौँ, पुस १५ गते  । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेशको अध्यक्षमा पत्रकार वसन्त परियार चयन हुनुभएको छ । संघको मंगलबार आयोजित प्रथम अधिवेशनले परियारको नेतृत्वमा १९ सदस्य समिति चयन गरेको हो । अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संविधानमा उल्लेखिन दलित समुदायको हकअधिकारको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । साथै थप अधिकार प्राप्तिका लागि पनि संघर्ष जरुरी रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री बानियाँले भन्नुभयो, “दलितको संवैधानिक अधिकार पनि कटौती हुने खतरा बढ्दै गएको । त्यसको रक्षाको निम्ति पनि एकजुट हुन जरुरी छ । नेपाली कांग्रेस दलित समुदायको हकअधिकारको लागि २००७ सालदेखि लड्दै आएको छ । बागमती प्रदेश सरकारले दलित समुदायको आयआर्जनका कार्यक्रम बढी प्राथमिकता दिएको छ ।” नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री जीतु गौतमले राज्यका सबै संरचनामा दलित सहभागितालाई अनिवार्य बनाउन कानुन निर्माणमा जोड दिनुभयो ।

दलित मुक्ति मोर्चाका अध्यक्ष तथा पूर्वमन्त्री दलजीत श्रीपाइलीले राजनीतिक घटनाक्रमले संविधान नै संकटमा पर्ने खतरा बढ्र्दै गएकाले संविधान रक्षाको निम्ति पनि एकतालाई बलियो बनाउनुपर्ने बताउनुभयो । संघको उपाध्यक्षमा विष्णु विक, चण्डिका नेपाली र सचिवमा गोपाल विश्वकर्मा चयन हुनुभएको छ ।

ताजा समाचार

Related Articles