भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

लोकप्रिय

पोखरा, असोज १ गते ।

विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखराको लामाचौरमा आज (सोमबार) सम्पन्न भएको फाइनल खेलमा पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड युथ स्पोट्स क्लबलाई ३—१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पुलिसले डायमन्डमाथि १८—२५, २५—२२, २५—१४ र २५—२० को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट जित्दै उपाधिसहित १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्‍यो । उपविजेता भएको डायमन्डले १ लाख रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

ताजा समाचार

Related Articles