मकवानपुरमा सुमो दुर्घटनाः मुख्यमन्त्री बानियाँद्वारा दुःख व्यक्त

लोकप्रिय

हेटौँडा, २२ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित जुरिखेतमा सुमो दुर्घटनामा परी जीवन गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आइतबार साँझ भएको उक्त दुर्घटनामा छ जनाको मृत्यु र तीन जना घाइते भएको खबरले आफूलाई स्तव्ध बनाएको बताउनुभएको छ ।
भैंसे–भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्ड अन्तर्गतको जुरिखेतमा सुमो गाडी दुर्घटना हुँदा छ जनाको मृत्युभएको थियो ।

मुख्यमन्त्री बानियाँले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले समवेदना जारी गर्दै दुर्घटनामा मृत्युभएकाप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।
उहाँले अगाडि लेख्नुभएको छ, ‘दिवंगत आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

काठमाडौँबाट हेटौँडा आउँदै गरेको ना१ज १७७८ नं. को सुमो गाडी भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डको जुरिखेतमा आइतबार साँझ भएको दुर्घटनामा मृत्युभएका पाँच जनाको पहिचान खुलेको छ । दुर्घटनामा छ जनाकै हेटौँडा अस्पतालमा मृत्यु भएकोमा अझै एक मृतकको अझै पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles