लागूऔषधसहित दुई जना पक्राउ

लोकप्रिय

हेटौँडा, पुस २२ गते । प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई काठमाडौँबाट नियन्त्रणमा लिएको । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले टोखा नगरपालिका वडा न. ९ गोंगबु शिवमन्दिरस्थित होटल दिप सागरबाट मङ्गलबार बिहान खैरो हेरोईन बरामद गरेको हो ।

होटलकको तेस्रो तल्लाको ५१५ नम्बरको कोठामा लागस्औषधसहित फेला पारी सोध पुछ, जाँच तथा खानतलासी गर्दा निजहरुले झ्यालको पर्दा राख्ने पाईपभित्र लुकाई राखेको अवस्थामा लागूऔषधजन्य (खैरो हेरोईन) जस्तो देखिने प्लाष्टिकसहितको तौल ७.२१ ग्राम र प्लाष्टिक बाहेको तौल ६.४४ ग्राम फेला पारेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं. ११ घर भइ हाल काठमाडौँ जिल्ला चाबहिल बस्ने वर्ष २६ को महेन्द्र तामाङ र बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका स्थायी घर भई हाल टोखा नगरपालिका वडा नं. ९ दिपज्योति बस्ने २२ वर्षीया निरुता अदेही मगर रहेका छन् ।

ताजा समाचार

Related Articles