हामी सबै अतिवादी सोचबाट बच्नुपर्छ 

लोकप्रिय

काठमाडौँ, असोज १ गते ।

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सधैँ सबै खालका अतिवादको विरुद्धमा रहेको धारणा व्यक्त गर्नुभएको छ ।

मुस्लिम आयोगले सोमबार काठमाडौँमा आयोजना गरेको ‘इस्लाममा सहिष्णुता तथा सहअस्तित्व र सामाजिक शान्ति प्रवर्द्धनमा यसको भूमिका’ विषयक गोष्ठीमा उहाँले सबै नेपाली अतिबाटको विरुद्ध र शान्तिको पक्षमा रहेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले विभिन्न खाले अतिवादी सोचबाट बच्न आवश्यक रहेकोमा जोड दिनुभयो । नेपालको नयाँ संविधानले सबै धर्म मान्नेहरूलाई समान दृष्टिकोण राखेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले कार्यान्वयन भने चुनौतीपूर्ण रहेको छ भन्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले मुलुकमा रहेका संवैधानिक आयोगहरूको प्रभावकारिता र आवश्यकताका विषयमा दश/दश वर्षमा पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभयो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयका सचिव डा. अवाद साब्ती अल्नाजीले सबै जनताका बिचमा सहअस्तित्व बढाउने तथा सबै खाले अतिवाद र आतङ्कवादका विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles