नेप्से परिसूचकमा सामान्य वृद्धि

लोकप्रिय

काठमाडौँ, असोज १ गते ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलब १८ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य चार अङ्कले बढेर लागेर तीन सय ७८ दशमलव ७३ मा पुगेको छ । कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य बढेको छ भने एक उपसमूहको मात्रै घटेको छ । 

विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता शेयर रु ८७ करोड चार लाख ४४ हजार एक सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् । 

कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ३८ लाख ८० हजार आठ सय ६० बराबरको कारोबार भएको छ । यस्तै, एनआइसी एसिया बैङ्क रु चार करोड ३४ लाख तीन हजार, साल्ट ट्रेडिङ कर्पोरेशन रु तीन करोड ९९ लाख ४० हजार पाँच सय ८५,एभरेष्ट बैङ्क रु तीन करोड ६० लाख ८२ हजार छ सय २८ र आइएमई लाइफ इन्स्योरेन्स रु दुई करोड ४२ लाख छ हजार आठ सय ९७ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

ताजा समाचार

Related Articles