विशेष महाधिवेशनको उद्घाटनमा पुगेका नेताहरु

लोकप्रिय

काठमाडौँ, पुस २७गते । नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष अधिवेशनको महाधिवेशन उद्घाटन गर्नुभयो  । विशेष महाधिवेशनमा काँग्रेस पूर्वउपभापति गोपालमान श्रेष्ठ, महेश आचार्य र  तारानाथ रानाभाट लगायका पाका नेताहरुदेखि पुष्पा भुसाल डिला सङ्ग्रौला लगायतको सहभागिता रहेको छ ।

त्यसैगरी चन्द्र भण्डारी, सुनिल शर्मा, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीसहितका नेताहरुको उपस्थिति रहेको छ। महाअधिवेशनमा पार्टी केन्द्रीय सदस्यहरुको पनि उत्साहजनक उपस्थिति रहेको देखिन्छ ।

पहिलोपटक मोरङको विराटनगरमा मोरङ्ग जिल्लाका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको सभापतित्वमा पहिलो विशेष अधिवेशन भएको थियो । यो त्यसपछि भएको काँग्रेसको विशेष अधिवेशन हो । महाधिवेशनको सभापतित्व काठमाडौ जिल्ला सभापति सबुजकृष्ण बानियाँले गर्नु भएको छ ।

ताजा समाचार

Related Articles