सिन्धुलीमा रैथाने कृषि उपजको प्रदर्शनी हुने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस २७ गते । सिन्धुलीमा रैथाने कृषि उपज तथा मौलिक परिकारको प्रदर्शनी आयोजना गरी चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइने भएको छ ।
कृषि विकास कार्यालय, सिन्धुली र सौगात लघु उद्यम सहकारी संस्था लिमिटेड कमलामाई नगरपालिकाको आयोजनामा “कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा: संरक्षण, उपयोग र प्रवद्र्धनमा युवा सहभागिता” भन्ने नाराका साथ यही पुस २९ गतेदेखि माघ १ गतेसम्म प्रदर्शनी गरिनेभएको हो ।

कृषि विकास कार्यालय, सिन्धुलीका प्रमुख अनुप अधिकारीले रैथाने बालीको प्रचार प्रसार, संरक्षण र प्रवर्धनमा सहयोग पु¥याउनु प्रद्रशनीको उद्देश्य रहेको जानकारी दिनुभयो ।
कृषि जैविक विविधता संरक्षणसँगै रैथाने बालीको संरक्षण अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।
प्रदर्शनीमा रैथाने र मौलिक खाद्य परिकार प्रदर्शनी तथा उपभोग, रैथाने तथा स्थानीय कृषि उपजको प्रदर्शनी र बिक्री र रैथाने बालीको संरक्षण, सम्वर्धन र प्रवर्धनमा क्रियाशील कृषक तथा उद्यमीको सम्मान गरिने भएको छ ।
प्रत्येक वर्ष माघ १ गते सरकारले राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै आएको छ ।

ताजा समाचार

Related Articles