काठमाडाैं, पुस २८ गते । नेपाली काँग्रेसको विशेष अधिवेशन पक्षधर समूहको आयोजनामा भएको दोस्रो दिन जारी बन्दसत्रले काँग्रेसको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गर्ने र नँया केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।

काठमाडौँको भृकुटी मण्डपमा जारी बन्दसत्रबाट विशेष केन्द्रीय महाधिवेशन कार्यविधिमा यस्तो प्रस्ताव गरिएको हो । जुन कार्यविधि केहीबेर अघि मात्र बन्दसत्रबाट पारित भएको बताइएको छ । कार्यविधि पढ्नका लागि तल स्क्यान गर्नुहोस ।


नेपाली कांग्रेसको चौधौं महाधिवेशन २०७८ (मंसिर २४ देखी २८) बाट निर्वाचित मौजुदा केन्द्रिय कार्य समितिको पदावधि समाप्त भईसकेकोले केन्द्रिय कार्यसमितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५ औौ महाधीवेशन सम्पन्न नहुँदा सम्मको लागि
नँया केन्द्रिय कार्यसमितिको निर्वाचन गर्ने प्रस्ताव गरिएको छ । कार्यविधिमा उल्लेख गरिएको छ ।




