कांग्रेस केन्द्रीय कार्यासमितिको बैठक मङ्गलबार बोलाइयो

लोकप्रिय

काठमाडौँ, पुस २८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबार बस्ने भएको छ । बैठक बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजना हुने पार्टीले जनाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ र मङ्गलबारसम्म लम्बिएको छ । यही सन्दर्भमा आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएबाट पार्टीमा रहेको दुई धार अब एक ढिक्का हुने अपेक्षा गरिएको छ ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘‘पार्टीलाई एकढिक्का बनाएर लैजान छलफल जारी छ, सहमतिका बिन्दुहरूलाई निर्णय गर्न र केन्द्रीय कार्यसमितिले अपनत्व ग्रहण गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्नु जरुरी छ, भोलि नै खबर गर्दा ढिलो हुने भएकाले आजै बैठकको सूचना जारी गरिएको हो ।’’

ताजा समाचार

Related Articles