हेटौँडामा थारू माघी महोत्सव सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, माघ १ गते । थारू समुदायले हेटौँडामा नयाँ वर्ष माघी (माघ) पर्व विविध कार्यक्रमको आयोजना गरी हर्षोल्लसापूवर्क मनाएका छन् ।
मकवानपुरमा जिल्लामा बसोबास गर्दै आएका थारू समुदायले नयाँ वर्ष माघी (माघ) पर्वको अवसर हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविको चौरमा बिहीबार आठौँ थारू माघी महोत्सव २०८२ आयोजना गरी बनाएका हुन् । थारू समुदायको मौलिक संस्कृति, संस्कार प्रवर्धन गर्ने उद्देश्यले थारू माघी महोत्सव थारु कल्याणकारिणी सभा मकवानपुरको आयोजना गरिएको हो ।

महोत्सवका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सांस्कृतिक विविधतानै नेपालको पहिचान भएको भन्दै यसको संरक्षण र प्रवर्धन आवश्यक भएको बताउनुभयो ।
थारु कल्याणकारिणी सभा मकवानपुरका अध्यक्ष सचिदानन्द चौधरीको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका वडाध्यक्षद्वय नवीन सिग्देल र जुना दाहाल तथा किरात राई यायोक्खाका कृष्णबहादुर राईलगायतले सांस्कृतिक पर्वहरुको संरक्षणमा जोड दिनुभएको थियो ।

सो अवसरमा ढक्की दौड प्रतियोगितासँगै थारु समुदायको कला, संस्कृति, पहिचान झल्किने परम्परागत पहिरन, भेषभुषा बाजागाजा, झाँकीसहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।
महोत्सवमा थारु जातिको परम्परागत खाद्य परिकारहरु घुङ्गी, माछा, भक्कालगायतको स्टल राखिएको थियो ।
साथै राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरुको नाचगानसहितको सांस्कृतिक प्रस्तुती रहेको थियो ।

ताजा समाचार

Related Articles