प्रदेश प्राविधिक तालिम परिषद्को बोर्ड बैठक सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, माघ १ गते । प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को तेस्रो बोर्ड बैठक सामाजिक विकासमन्त्री तथा परिषद्का अध्यक्ष कञ्चन चन्द्र बादेको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ ।
बैठकमा परिषद्का प्रमुख कार्यकारी निर्देशक तथा परिषद् सदस्य सचिव शान्ति लामाले परिषद्ले हालसम्म सम्पन्न गरेका कार्यक्रमहरूको बारेमा जानकारी दिनुभएको थियो ।

साथै आगामाी भावी कार्यदिशाको विषयको छलफलका लागि परिषद् सदस्यहरूलाई आग्रह गर्नु भयो ।
बैठकमा परिषद्का प्रमुख कार्यकारी निर्देशकले परिषद्का मनोनित सात जना सदस्यलाई स्वागत गर्नु भएको थियो ।
परिषद्ले गत आर्थिक वर्ष २०८१।०८२ मा सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन परिषद्का अध्यक्ष तथा मन्त्री बादेलाई हस्तान्तरण गरिएको थियो ।

बैठकमा परिषद् स्थापनाको संवैधानिक आधार कानूनी आधार एवम् परिषद्का काम, कर्तव्य र अधिकारका बारेमा परिषदका सदस्यहरूलाई जानकारीमूलक प्रस्तुती कार्यालय प्रमुख देवनारायण चौधरीले गर्नुभएको थियो ।
परिषद्को बैठकले परिषद्का भावी कार्यदिशाका सन्दर्भमा विभिन्न निर्णयहरू समेत गरेको छ ।

ताजा समाचार

Related Articles