कांग्रेसको देउवा समूहले बोलायो केन्द्रीय समितिको बैठक

लोकप्रिय

काठमाडौँ, माघ २ गते । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै शनिबार बिहान ८ बजेका लागि बैठक बोलाउनुभएको हो ।

पार्टीका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन सूचनामा भनिएको छ । शुक्रबार विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको थियो । आयोगको उक्त निर्णयको खारेज गर्दै बैठक बालाइएको हो ।
आयोगको निर्णय मान्य नहुने बताउँदै यो पक्षले विरोध जनाएका छन् ।

ताजा समाचार

Related Articles