खासकुरा संवाददाता
हेटौँडा, माघ २ गते । हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालय विद्यालय स्थापनाको ५० औँ वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव सुरुभएको छ ।
विद्यालयले शुक्रबार विद्यालय परिसर सरसफाई गरेर स्वर्ण महोत्सव शुभारम्भ गरेको हो ।

स्वर्ण महोत्सव साताव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी मनाउने क्रममा विद्यालय परिसर सरसफाई गरिएको सरसफाई उपसमिति संयोजक मोहन न्यौपानेले जानकारी दिनुभयो ।
सरसफाईमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिावक, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

स्वर्ण महोत्सवको दोस्रो दिन शनिबार विद्यालय परिसरमा रक्तदान कार्यक्रम हुनेभएको छ ।
स्वर्ण महोत्सव मनाउन हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा ५०१ सदस्यीय स्वर्ण महोत्सव मूल आयोजक तयारी समिति बनाइएको छ ।




