कलाकार पुरस्कृत

लोकप्रिय

काठमाडौँ, असोज २ गते ।

संविधान दिवसको अवसर पारेर चलचित्र विकास बोर्ड द्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाकारहरूलाई पुरस्कार प्रदान गर्नुभएको छ । उहाँले दश जना चलचित्रकर्मी र एक समितिलाई सम्मान गर्नु भएको हो । 

चलचित्र विकास बोर्डले संविधान दिवस २०८० को अवसरमा चलचित्रकर्मी र एक समितिलाई सम्मान गरेको छ । बोर्डले सामाजिक/शासकीय रूपान्तरणमा योगदान पुर्‍याएका दश जना चलचित्रकर्मीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो । 

मंगलबार बोर्डमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उहाँहरूलाई पुरस्कार प्रदान गर्नुभएको हो । यस्तै, पुरस्कृत हुनेहरूमा कलाकार मदनकृष्ण श्रेष्ठ, वसुन्धरा भुसाल, दिपाश्री निरौला लगायत चलचित्रकर्मीहरू हुनुहुन्छ । 

ताजा समाचार

Related Articles