कांग्रेस परिवर्तनका लागि अग्रसर

लोकप्रिय

काठमाडौँ, माघ १५ गते।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताउनुभएको छ।

काठमाडौंमा बिहीबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।  उहाँले अहिले प्रधानमन्त्रीका उम्मेदवार कोही भदौ २३ र कोही भदौ २४ का रहेको भन्दै कांग्रेसको उम्मेदवार माघ १ को रहेको जिकिर गर्नुभयो।

उहाँले सबै कुराको आत्मालोचना गरेर कांग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको बताउनुभयो।  उपसभापति शर्माले सद्भाव, सुशासन र समन्नुत अहिलेको मुख्य मुद्दा भएको बताउनु भयो।  उहाँले अहिले नेपाली समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सद्भाव भएको बताउनुभयो।  उहाँले निर्वाचनमा हारजित कुनै नौलो कुरा भएको बताउनुभयो।

ताजा समाचार

Related Articles