संविधान कार्यान्वयनमा समस्या छ : अध्यक्ष नेपाल

लोकप्रिय

काठमाडौँ, भदौ ३ गते ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण नेपालको संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ। 

बुधबार नेपाल रिटर्नी एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको हो। उहाँले देशलाई दलाल नोकरशाही पुँजीवादको कब्जाबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

अध्यक्ष नेपालले भन्नुभयो, “संविधानमा जुन किसिमका परिकल्पनाहरु गरिएका छन्, नेपालमा समाजवाद स्थापनाको एउटा परिकल्पना। नेपालमा न्याय, समानता, विकास र समृद्धिको जुन एउटा सोच अगाडी सारिएको छ। समाजमा भएका सबै भेदभाव, अन्याय, अत्याचार, थिचोमिचो, पछौटेपन, गरिबीलाई, यी सबैलाई अन्त्य गर्नेसङ्कल्प आजको दिनमा गर्नुपर्ने आवश्यकता छ।”

उहाँले शोषणको नयाँ–नयाँ रुपलाई अन्त्य गर्दै राष्ट्रिय पुँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसक्ने बताउनुभयो। संविधानले सबै प्रकारका अधिकार दिएको भएपनि त्यसको कार्यान्वयनमा भने चुनौती रहेको उहाँले बताउनुभएको हो। 

उहाँले भन्नुभयो, “संविधानमा लेखिएको प्रावधानलाई व्यवहारमा लागू गर्ने कसरी ? नेपाली विशेषताको समाजवादलाई व्यवहारमा लागू गर्ने कसरी ? यसअर्थमा नेपाली विशेषताको समाजवादको बारेमा विषयवस्तुको अभाव देखिँदैन।” 

ताजा समाचार

Related Articles