आचारसंहिता उलङ्घनका २९ उजुरी

लोकप्रिय

काठमाडौँ, माघ २० गते । निर्वाचन आयोगले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीका आधारमा आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार, विभिन्न संस्था तथा व्यक्तिलाई कारबाही अघि बढाइएको जनाएको छ ।

समितिमा हालसम्म निर्वाचन आचारसंहिता उलङ्घनका २९ वटा उजुरी प्राप्त भएकोबारे राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । हालसम्म १४ वटा उजुरीका सम्बन्धमा जवाफ प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने आयोगले जनाएको छ ।

‘निर्वाचन सम्बन्धमा सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट प्राप्त आचारसंहिता उलङ्घन भएका ‘कन्टेन्ट’ लाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाउने गरिएको, दूरसञ्चार प्राधिकरण ऐन २०५२ अन्तर्गत आचारसंहिता विपरीतका विषयहरू प्राप्त भएमा कारबाहीका लागि दूरसञ्चार प्राधिकरणमा पठाउने गरिएको र प्रेस काउन्सिल ऐन २०४८ बमोजिम निर्वाचन आचारसंहिता उलङ्घनका विषयहरू प्राप्त भएमा कारबाहीका लागि प्रेस काउन्सिलमा पठाउने गरिएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles