प्रहरी शिक्षालय चितवनको अभिभावक दिवस सम्पन्न

लोकप्रिय

भरतपुर, माघ २४ गते । नेपाल प्रहरी शिक्षालय चितवनको “सातौं वार्षिक उत्सव एवम् अभिभावक दिवस २०८२” सम्पन्न भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख एवम् शिक्षालयका संरक्षक प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवाल, भरतपुर महानगरपालिका शिक्षा शाखा प्रतिनिधि अर्जुन सिंह मडै, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुद्वारा नृत्य, गीत, कराँते प्रदर्शन तथा नेपाल प्रहरी ब्याण्ड र विपद् व्यवस्थापन टिमबाट आगलागी नियन्त्रणसँग सम्बन्धित सचेतनामूलक विभिन्न प्रस्तुती गरिएको थियो ।

ताजा समाचार

Related Articles