मेलमिलापको नीति अहिले पनि सान्दर्भिक छ

लोकप्रिय

काठमाडौँ, असोज ३ गते ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताउनुएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बिीपी नगरमा आयोजित बिपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बिपी’ विषयक अन्तरसंवाद कार्यक्रममा बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दुख पाइरहने दाबी गर्नुभयो ।

उहाँले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझाव बमोजिम नै आफूले पार्टीको १४औं महाधिवेशनमा प्रतिष्पर्धा गरेर सम्मान पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले पाउने सम्मान पाएकै छु तर महाधिवेशनमा तपाइँहरुले साथ दिएको भए, यस्तो हालत हुँदैनन्थ्यो। पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ।’

नेता कोइरालाले आफूहरु कोइराला परिवारका सदस्यहरुलाई सँधै साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा. शशांक र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताउनुभयो।

कांग्रेसका पूर्वमहामन्त्री तथा बिपी पुत्र डा. शशांक कोइरालाले पार्टीका कार्यकर्ताहरुको सुझाव बमोजिम आफू चल्ने गरेको भन्दै १४औं महाधिवेसनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको जनाउनुभयो । आफू १५औं महाधिवेशनमा समेत सभापतिको आकांक्षी रहेको उहाँले बताउनुभयो ।

‘बिपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो यो पदमा आउँछ र बस्छ। बिपी सफल हुनुका कारण जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहुन्थ्यो। बिपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो। सात हजार किमी बाटो थियो, अहिले एक लाख किलोमिटर भयो। हात हातमा मोबाईल आयो, यो सब् गिरिजाप्रसाद कोइरालाको देन हो।’

ताजा समाचार

Related Articles