सबै नागरिकको साझा बनेर काम गर्छुः कांग्रेस उम्मेदवार बुद्ध लामा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, फागुन ८ गते । मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार एवं कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आफू कुरामा भन्दा काममा विश्वास गर्ने र नागरिकको अधिकारको पक्षमा काम गर्ने बताउनुभएको छ ।
उहाँले कांग्रेस रुपान्तरणसहित आएको भन्दै जनताको विश्वास लिएर आफूले का मगर्ने बताउनुभयो ।
कांग्रेस हेटौँडा उपमहानगरपालिका १९ मा निर्वाचन परिचालन समितिको कार्यालयको उद्घाटन गर्दै उहाँले काम गर्न नसक्ने आश्वास बाढ्ने पक्षमा नरहेको बताउनुभयो ।

हामी देशलाई रुपान्तरण गर्ने नीति र कार्यक्रमसहित आएका छौ, समृद्ध नेपाल निर्माण हाम्रो सङ्कल्प हो कांग्रेस उम्मेदवार लामाले भन्नुभयो, हामी निर्वाचनमा हिड्दा कसैसँग जोरी खोज्ने होइन, द्वन्द्व पनि गर्ने होइन यो निर्वाचन भनेको नागरिकको अभिमत लिने, विश्वासमा लिने माध्यम हो । उहाँले भन्नुभयो, नागरिकको विश्वास जितेर नागरिककै हित र पक्षमा काम गर्ने हाम्रो अभियान हो, धेरै कुरा गर्ने र काम नगर्ने अवस्था छ, अब हामीले थोरै कुरा गर्ने र धेरै काम गर्ने बानीको विकास गर्नुपर्छ ।

उहाँले अब हामीले जनअपेक्षा अनुसारको विकास र सेवा दिने बारेमा बहश गर्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले आफू निर्वाचित बनेपछि सबै जनताको साझा बनेर काम गर्ने भन्दै जनताको काममा पक्ष विपक्ष नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कांग्रेस हेटौँडा उपमहानगरपालिका १९ समितिका सभापति विष्णुलाल स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक मदन जिम्बाले कांग्रेसबाट मात्र नागरिकको अधिकार र विकास सम्भव रहेको बताउनुभयो ।

ताजा समाचार

Related Articles