रेडियो थाहा सञ्चारले मनायो वार्षिकोत्सव

लोकप्रिय

हेटौँडा, फागुन ८ गते । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाले १८ औं वार्षिकोत्सव मनाएको छ । रेडियोले सप्याहव्यापी कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको हो ।
रेडियोले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन फागुन १ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर १, स्थित नेपाल फलफूल तथा तरकारी बजारमा सरसफाई कार्यक्रम, फागुन २ गते हेटौँडा–४ हुप्राचौरमा पत्रकार महिला र अधिकारकर्मी महिलाहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, फागुन ३ गते थाहा दर्शन कार्यक्रम, फागुन ४ गते मकवानवपुरगढी गाउँपालिका वडा नम्वर ५ मा रहेको सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य र आयोडिनयुक्त नुन वितरण गरिएको थियो । यस्तैे फागुन ६ गते हेटौँडा ऐकेडेमीको सहकार्यमा बाल साहित्य कार्यक्रमको आयोजना गरेको थियो ।

रेडियोले बिहीबार थाहा वर्ष सम्मान तथा समापन समारोह कार्यक्रमको आयोजना गरेको छ । समापन कार्यक्रम रेडियोका संचालक अरुणराज सुमार्गीको सभाध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीयो) वसन्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो ।
रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा व्यवसायीकहरु तर्फतिर सिआइटीका
संचालक दिनेश रिजाल, श्रोता मिलनका अध्यक्ष विष्णु लामिछाने, गैरसरकारी सँस्था मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडाका प्रमुख मधुसूदन अधिकारी, पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले मन्तव्य राख्नुभएको थियो ।
उक्त अवसरमा सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष रामबहादुर बस्नेतलाई थाहा वर्ष सम्मान २०८२ प्रदान गरिएको थियो ।
कार्यक्रममा पत्रकार महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईँ, स्वतन्त्र पत्रकार महासङ्घका केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ, सिबिन नेपाल मकवानपुरका प्रमुख झवेन्द्र ज्ञवाली, सन्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङ, स्वतन्त्र पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष राजन घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles