मुख्यमन्त्री बानियाँद्वारा मतदान

लोकप्रिय

बागमती, फागुन २१  गते ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका– १८ स्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।  मतदान पश्चात उहाँले लोकतन्त्रलााई बलियो बनाउन मतदान स्वच्छ, निष्पक्ष निर्वाचन आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यनिर्वाचन अन्तर्गत जिल्लाको दुबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । जिल्लाको ३७४ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।

मतदान जारी रहेकोे बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो । जिल्लाका १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र राखिएको छ । यस्तै मकवानपुरमा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको सहायक प्रजिअ जोशीले बताउनुभयो ।

मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य ५ गरी कूल तीन लाख १५ हजार ३३४ जना मतदाता छन् ।

ताजा समाचार

Related Articles