काठमाडौँ, फागुन २६ गते । बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । समानुपातिक तर्फ हालसम्म १ करोड ४ लाख ४३ हजार २ सय ७२ मत गणना भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५० लाख १४ हजार ८सय ९१ मत प्राप्त गरी अग्रस्थानमा रहेको छ ।

नेपाली काँग्रेसले १६ लाख ९५ हजार २ सय ६६ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । यसै गरी नेकपा एमालेले १४ लाख १३ हजार ६९ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी नेकपाले ७ लाख ६८ हजार ३ सय २७ मत प्राप्त गरेको छ ।

यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४ सय ६८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २५ हजार ३ सय ७५ ,जनता समाजवादी पार्टी नेपालले १ लाख ७२ हजार ३ सय मत ६९ प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।




