भुटनदेवी माविले शैक्षिक गुणस्तर अन्तरराष्ट्रियस्तरको बनाउने

लोकप्रिय

हेटौँडा, चैत ८ गते । हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यामिक विद्यालयले विद्यालयको भौतिक र शैक्षिक गुणस्तस्तर अन्तरराष्ट्रिय स्तरको बनाउने योजना बनाएको छ ।
भुटनदेवी मावि र ग्लोवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधिबीच आइतबार भएको एक कार्यक्रममा विद्यालयलाई आईएसओमा लैजाने गरी सम्झौता भएको हो । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, विद्यालयका प्रअ सूर्यप्रसाद घिमिरे र काउन्सिलका प्रतिनिधि सुदीप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ, विद्यालय अनुगमन समितिका सदस्यहरूलाई अन्तरराष्ट्रिय गुणस्तर मापदण्ड र सूचकहरुबारे अभिमूखीकरण कार्यक्रम गरिएको विद्यालयका प्रअ सूर्यप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
आगामी २०८३ चैत्र मसान्तभित्र अन्तरराष्ट्रिय गुणस्तर प्रमाणिकरण गरिसक्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिग्देलले बताउनुभयो । उहाँले भौतिक संरचनाको गुणस्तरीय व्यवस्थापन र शैक्षिक वातावरण अन्तरराष्ट्रियस्तरको मापदण्ड कायम गरिने प्रतिबद्वता समेत व्यक्त गर्नुभयो ।
विध्यालयको प्रारम्भीक बस्तुस्थितिको परीक्षण र आगामी तीन वर्षे शैक्षिक गुणस्तर ढाँचा तयार गरिएको ग्लोवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदीप शर्माले जानकारी दिनुभयो । शर्माले सामुदायिक विध्यालयमा मकवानपुरको पहिलो अन्तरास्ट्रिय गुणस्तर प्रमाणिकरण भएको विध्यालय भुटनदेवी मावि हुने समेत बताउनु भयो ।

विभिन्न चरणमा भएको छलफल र अन्तरक्रियामा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल विद्यालयका प्रअ सूर्यप्रसाद घिमिरे, ग्लोवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदीप शर्मासहितको टोली, शिक्षक तथा अभिभावक संघ, नेपालका अध्यक्ष निकेशकृष्ण श्रेष्ठ, विद्यालय अनुगमन समितिका संयोजक ईन्द्रप्रसाद नेपाल, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरी लगायत विभिन्न समितिका सदस्यहरूबीचको छलफलपछि अन्तरास्ट्रिय गुणस्तर प्रमाणीकरणमा जाने सम्झौता गरिएको विद्यालयका सहप्रअ वेदराज कोरालाले स्पष्ट पार्नुभयो ।

ताजा समाचार

Related Articles