काठमाडौँ, चैत १२ गते । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरुले आज पद तथा गोपनियताको शपथ लिनु भएको छ। सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको हो ।

ज्येष्ठ सदस्य केसीले बुधबार नै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ । शपथ ग्रहण समारोहमा विभिन्न राष्ट्रिय पोशाकमा सांसद सिंहदरबार पुगेका थिए ।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।




