हेटौँडा, चैत १४ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरुद्ध एमाले मकवानपुरले विरोध प्रदर्शन गरेको छ ।
पार्टी कार्यालयबाट निस्किएको विरोध ¥यालीले हेटौँडा बजार परिक्रमासँगै ओलीको रिहाइको माग गरेका थिए ।

बुद्धचोकमा कोणसभा गर्दै कार्की आयोग पक्षपातपूर्ण भएको बताएका थिए । शनिबार बिहान ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।
एमालेले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।




