काठमाडौँ, चैत १५ गते । कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दल नेता चयन गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दल बैठकले पार्टी संयोजकसमेत रहनु भएका पुष्प कमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दल नेता चयन गर्ने निर्णय गरेको हो।




