टिस्टुङमा स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

हेटौँडा, असार २८ गते । मकवानपुरको थाहा नगरपालिका वडा नं ११ स्थित टिस्टुङ स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी स्याटेलाइट क्लब अफ काठमाडौँ वेष्ट टिस्टुङ र रोटरी क्लब अफ काठमाडौँ वेष्टको आयोजना तथा शान्ति सेवा गृह काठमाडौँको प्राविधिक सहयोगमा आइतबार स्वास्थ्य शिविर भएको हो ।
शिविरमा थाहा नगरपालिका स्वास्थ्य शाखा, ११ नं. वडाध्यक्ष दिनेश बल, स्वास्थ्य चौकीका प्रमुखलगायतको उपस्थिति रहेको थियो । शिविरमा ४७८ जनाको स्वास्थ्य जाँच एवं औषधी वितरण गरिएको थियो । साथै थाहा नगरपालिका वडा नं १२ का कृषकहरुलाई फलफूलको बिरुवा निःशुल्क वितरण गरिएको थियो ।

ताजा समाचार

Related Articles