एमालेद्वारा सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण

लोकप्रिय

काठमाडौँ, चैत २१ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सङ्घीय सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण दिएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्रशिक्षण दिइएको सांसद ऐन महरले जानकारी दिनुभयो ।

त्यसक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसद्मा विधेयक निर्माणसम्बन्धी र राष्ट्रियसभाका पूर्व सचिव राजेन्द्र फुयाँलले प्रभावकारी संसद् र रचनात्मक सांसद (संसदीय अभ्यासका व्यावहारिक प्रश्न)बारेमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणमा कार्यवाहक अध्यक्ष रामबहादुर थापासहित दुवै सदनमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरूको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles