आजदेखि कार्यालय बिहान ९ बजेदेखि खुल्ने

लोकप्रिय

काठमाडौँ, चैत २३ गते । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । नेपाल सरकारको आइतबार बसेको मन्त्रिपरिषद बैठकले आजबाट सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ने निर्णय गरेको हो ।

यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने गरेको थियो । जाडोयाम कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालय सञ्चालन हुँदै आएको थियो ।

मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि सरकारी कार्यालय र शैक्षिक संस्था शनिबार र आइतबार दुई दिन बिदा दिने समेत निर्णय गरेको छ ।

ताजा समाचार

Related Articles