लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने १२ चालक नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत २४ गते । मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले विशेष सुरक्षा अभियान अप्रसन ड्रप अन्तर्गत सवारी चालकहरुलाई सोमबार नियन्त्रणमा लिएको हो ।

मनहरी गाउँपालिका अन्तर्गत सडक खण्डमा आकस्मिक जाँचको क्रममा ६५ वटा सवारी जाँच गरिएकोमा १२ जना चालकले लागूऔषध सेवन (लापसे) गरी सवारी चलाएको पुष्टि भएपछि निजहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लागूऔषध सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम अत्यधिक बढाउने भएकाले सवारी साधन जाँच गरिएको प्रहरीको भनाई छ । प्रहरीले सवारी चालकहरूलाई लागूऔषध सेवन नगरी जिम्मेवार ढंगले सवारी चलाउन आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles