काठमाडौँ, चैत २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैकठलाई आज शुक्रबार सम्बोधन गर्नुभएको छ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोचोटी आव्हान भएको सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सिंहदरबारस्थित संसद भवनमा राष्ट्रपति पौडेलले शुक्रबार अपरान्ह सम्बोधन गर्नुभएको हो ।

दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपतिले संविधानको मर्म,भावना र जनाताको चाहाँना बमोजिम गर्नुपर्ने काम अझ धेरै बाकी रहेको बताउनु भयो । उहाँले वर्तमान आवश्यक्ता अनुसार रोजगारी सृजना र युवामा देखिएको निराशा तोडन सरकारले विशेष ध्यान दिने पनि बताउनु भयो ।

सार्वजनिक सेवा प्रवाहमा सुधार,भ्रष्ट्राचार नियन्त्रणमा सरकार केन्द्रीत हुने उहाँको भनाइ छ। राष्ट्रपति पौडेलले संसद्को बैठक आह्वान भएपछि सम्बोधन गर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको हो । संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गरिरहनुहुँदा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी हुनुहुन्थ्यो ।




