नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

काठमाडौँ, असोज ८ गते ।

नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रङ्गशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको १७ औँ मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । समिर तामाङले ३० औँ मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब थियो । तर नेपालले आफु अनुकूलको जित सहित समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको छ । माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

ताजा समाचार

Related Articles