सङ्घीयता र गणतन्त्र कसैले बोकाइदिएको भारी होइन

लोकप्रिय

काठमाडौँ, असोज ८ गते ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको व्यवस्था परिवर्तनको अपनत्व लिन कन्जुस्याइँ गर्न नहुने बताउनुभएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्री थापाले नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक बनाउन नेपाली काँग्रेसले त्यतिबेला एकमतले निर्णय गरेको भन्दै अरू कसैले व्यवस्था परिवर्तनको भारी बोकाइदिएको भन्नुको कुनै औचित्य नहुने बताउनुभयो ।

महामन्त्री थापाले बरु सङ्घीयताको कार्यान्वयनका लागि आवश्यक नीति निर्माण गरी शासन व्यवस्थालाई जनमुखी बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

बैठकमा अर्का महामन्त्री विश्व प्रकाश शर्माले आरोप प्रत्यारोप भन्दा पनि विद्यमान समस्याको सबै मिलेर निकास खोज्नुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री शर्माले मुलुकलाई समृद्धि र सुशासनको बाटोमा लैजानु आजको आवश्यकता भएको बताउनुभयो ।

ताजा समाचार

Related Articles