कास्की, वैशाख २ गते । गण्डकी प्रदेशमा मन्त्रीपरिषद् पुनर्गठन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रीपरिषद्मा हेरफेर गर्नुभएको हो । नयाँ मन्त्रीपरिषद्मा नेपाली कांग्रेसबाट अर्थमन्त्रीमा जित शेरचन, उर्जा जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपाने, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीमा नम्डु गुरुङ नियुक्त हुनुभएको छ ।

यसैगरि एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामा गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमा यशोदा रिमाल, कृषि. भूमि व्यवस्था तथा सहकारीमा लक्ष्मण पाण्डे र स्वास्थ्यमा भीम कार्की नियुक्त हुनुभएको छ । नयाँ मन्त्रीहरुलाई आजै प्रदेश प्रम्ख डिल्लीराज भट्टले शपथ ग्रहण गराउनुभएको थियो ।

यसैबिच मन्त्रिपरिषद् गठन सम्बन्धमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका प्रदेश सांसद दोर्णकुमार कुँवरले पदबाट राजिनामा दिनुभएको छ । मन्त्रीपरिषद पुनर्गठन हुँदा आफ्नो नाम समेत समावेश हुनुपर्ने भनाई कुँवरको रहेपनि मन्त्री बन्न नपाएपछि उहाँले राजिनामा दिनुभएको बताइएको छ । कुँवर २०७९ को प्रदेश सभा निर्वाचनमा बाग्लुङ २ (ख) बाट निर्वाचित हुनुभएको थियो ।




