काठमाडौँ, वैशाख २ गते । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेसको अनुशासन समितिले पछिल्लो पटक स्पष्टीकरण सोधेपछि खड्काले स्पष्टीकरण सोध्नु हास्यास्पद भएको बताउनुभएको छ । विशेष महाधिवेशनपछि तारामान गुरुङ संयोजत्वमा गठित अनुशासन समितिले पार्टीको लेटरहेड दुरूपयोग गरेर विज्ञप्ति जारी गरेको भन्दै बुधबार खड्कालाई सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उता खड्काले अवैधानिक समिति भनेर मुद्दा हालेको समितिले स्पष्टीकरण सोध्नु हास्यास्पद भएको बताउनुभयो ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिनु संविधान, निर्वाचन कानुन र आयोगले स्थापित गरेका नजिरविपरीत छ खड्काले भन्नुभयो यसैले विधान, कानुन र नजिरविपरीतको विशेष महाधिवेशन अवैधानिक हो भनेर हामी सर्वोच्च अदालतमा गएका हौँ ।
उहाँले भन्नुभयो, विशेषबाट निर्वाचित कार्यसमिति अवैधानिक हो भनेर कार्यवाहक सभापतिको हैसियतले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छु ।
पटक–पटक सचेत गराउँदा पनि आफूसँग नभएको जिम्मेवारी उल्लेख गरेको भन्दै खड्कामाथि कारबाही गर्न अगाडि बढाइएको छ ।

केन्द्रीय समितिको अख्यितारी लिएर कार्यवाहकको हैसियतमा आफूले हालेको मुद्दा सर्वोच्चमा विचाराधीन भन्दै उहाँले अहिले मलाई स्पष्टीकरण सोधिनु अर्थहीन र हास्यास्पद भएको बताउनुभयो ।
विशेष महाधिवेशन अवैधानिक हो भनेपछि चुनाव लड्नु अर्को अनैतिक काम हो भनेर आफू चुनावमा उम्मेदवारसमेत नबेको उहाँको भनाई छ ।अवैधानिक भनेर नमानेको समितिले अदालतमा विचारधीन मुद्दा रहेका बेला स्पष्टीकरण सोधेको छ । उहाँले आफूले अवैधानिक भनेको समितिले सोधेको स्पष्टीकरण अर्थहीन र हास्यास्पद भएको भन्दै मुद्दा हालेको हुनाले सर्वोच्चले न्याय दिनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।




