पार्टीको आन्तरिक एकता मजबुत बनाउनुपर्छः सभापति बानियाँ

लोकप्रिय

हेटौँडा, वैशाख ५ गते । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेसले चुनौतीहरुको सामना गर्न अब पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
कांग्रेसको आधिकारिकता दाबीसम्बन्धी विवादमा सर्वोच्च अदालतबाट विशेष महाधिवेशन पक्षधरको पक्षमा निर्णय भएसँगै शनिबार सभापति बानियाँले यस्तो प्रतिक्रिया दिनुभएको हो।

उहाँले परिस्थिति बश कांग्रेसमा नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षबीच मतभेद रहेको भन्दै सर्वोच्च अदालतले यससम्बन्धी विवादमा अन्तिम निर्णय दिइसकेको अवस्थामा त्यसको सम्मान गर्दै पार्टीको आन्तरिक एकता मजबुत बनाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, सबैलाई समेटेर अघि बढ्ने जिम्मेवारी अब पार्टी नेतृत्वको काँधमा आएको छ।
“सबैलाई समेटेर अघि बढ्ने जिम्मेवारी अब पार्टी नेतृत्वको काँधमा आएको छ,” उहाँले भन्नुभयो, “पार्टीका सबै तह र तप्का, नेतृत्व वर्ग, भातृ तथा शुभेच्छुक संस्था र पार्टीप्रति आस्था राख्ने सबै साथीहरू एकताबद्ध भई १५औँ महाधिवेशन सफल बनाउन क्रियाशील हुन अनुरोध गर्दछु।”

प्रदेश सभापति बानियाँले कांग्रेस सदैव नीति, विधि र न्यायिक निर्णयको पक्षमा दृढ रहँदै आएको बताउँदै यही नै कांग्रेसजनको पहिचान भएको उल्लेख गर्नुभयो।
कांग्रेसको आन्तरिक विवादका सन्दर्भमा सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाएको थियो। सर्वोच्चको संयुक्त इजलासले गत पुसमा सम्पन्न विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई वैधता प्रदान गरेको हो।

ताजा समाचार

Related Articles