काठमाडौँ, वैशाख ६ गते । चलचित्र पत्रकार संघ नेपालको दशौं महाधिवेशनबाट अध्यक्ष मा समीर बलामी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
शनिबार काठमाडौँमा सम्पन्न महाधिवेशनको निर्वाचनमा बलामी ९५ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत प्राप्त गर्नुभयो ।

संगठनतर्फको उपाध्यक्ष पदमा रघुनाथ सापकोटा, महिला उपाध्यक्षमा दिपज्योति थापा र कार्यक्रमतर्फको उपाध्यक्षमा लेखराज आचार्य ुकुमारु विजयी हुनुभएको छ ।
संघको महासचिवमा गोपिकृष्ण चापागाईं, सचिवमा मदन रिजाल, समावेशी सचिवमा महोम्मद जलिम र कोषाध्यक्षमा मनिष अन्जान दाहाल र सहकोषाध्यक्षमा अर्जुन गुरागाई विजयी हुनुभएको छ ।

त्यस्तै, कार्यसमितिको समावेशी सदस्यमा सोजना बिक लोहार तथा सदस्यहरूमा सुशील नेपाल, दिनेश थापा यात्री, नवीन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल पुजा र दिपराज क्षेत्री पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।




