सिस्नुपानीले लुइँटेल र न्यौपानेलाई सम्मान गर्दै

लोकप्रिय

हेटौँडा, वैशाख ८ गते । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्य विशेष प्रतियोगितात्मक प्रहसन र हास्यव्यङ्ग्य क्षेत्रका दुई जना स्रष्टालाई सम्मान गर्नेभएको छ ।
हास्यव्यङ्ग्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत दुई जना सर्जकहरूलाई सम्मान गर्ने भएको हो ।

२५ हजार रुपियाँ राशिको डा. गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान २०८२ फित्कौली अनलाइनका प्रधान सम्पादक नरनाथ लुइँटेल र आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८२ हास्यव्यङ्ग्य कलाकार सीता न्यौपानेलाई प्रदान गरिने सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलले जानकारी दिनुभयो ।
आरसी रिजाल हास्यव्यङ्ग्य सम्मानको पुरस्कार राशि २० हजार रुपियाँ रहेको छ ।
उक्त सम्मान यही वैशाख १९ गते शनिबार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यस्तै हेटौँडा उपमहानगरपालिकाको सहयोगमा मकवानपुर जिल्लामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरु प्रतियोगीका रुपमा सहभागी हुने गरी हास्यव्यङ्ग्य विशेष प्रतियोगितात्मक प्रहसन कार्यक्रम गरिनेभएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र सात हजार तथा प्रोत्साहनवापत चार हजार रुपियाँसहित पुरस्कृत गरिने अध्यक्ष पौडेलले बताउनुभयो ।
प्रत्येक समुहमा दुईदेखि पाँच जनासम्म सहभागी हुन पाउने व्यवस्था गरिएको छ । सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक बेथितिलगायत समसामयिक विषयमा हास्यव्यङ्ग्य र बोलिचाली तथा शारिरीक हाउभाउको नक्कल गरी प्रहसन प्रतियोगितामा गर्न सकिने आयोजकले जनाएको छ ।

ताजा समाचार

Related Articles