गृहमन्त्री गुरुङद्वारा पदबाट राजीनामा

लोकप्रिय

काठमाडौँ, वैशाख ९ गते । गृह मन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई आज भेटेर राजीनामा बुझाउनु भएको हो । आफ्नो राजीनामाबारे गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट पनि जानकारी गराउनुभएको छ ।

बास्तविक सम्पत्ति लुकाएर विवरण पेश गरेको र विवादित ब्यक्तिहरुसँगको  संलग्नता रहेको आरोप लागेपछि उहाँमाथि राजीनामाको दवाव बढेको थियो। २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै पदबाट राजीनामा दिनुभएको हो। गृह मन्त्रालयको जिम्मेवारी हालका लागि प्रधानमन्त्रीले नै सम्हाल्नु हुने छ।

ताजा समाचार

Related Articles