सम्बन्ध विच्छेद खोजेको रुसको आरोप

लोकप्रिय

मस्को, असोज ९ गते ।

येरेभानले गत हप्ता नागोर्नो–काराबाख क्षेत्रमा अजरबैजानी सैन्य आक्रमण रोक्न रुसी शान्ति सेना असफल भएको आरोप लगाएपछि मस्कोले सोमबार आर्मेनियालाई द्विपक्षीय सम्बन्ध विच्छेद गर्न खोजेको आरोप लगाउँदै येरेभानको आलोचना गरेको छ ।

“येरेभानको नेतृत्वले नियोजितरूपमा रुससँग आर्मेनियाको बहुआयामिक र शताब्दीयौं पुरानो सम्बन्धलाई दाउमा पारेर देशलाई पश्चिमा मुलुकको भूराजनीतिक खेलमा लागेर ठूलो गल्ती गरिरहेको छ,” रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भनेको छ ।

अजरबैजानको भूभागको रूपमा अन्तरराष्ट्रिय मान्यता दिइएको नागोर्नो–काराबाख विगत तीन दशकदेखि जातीय आर्मेनियालीहरूद्वारा नियन्त्रित छ । सन् १९८८ मा आर्मेनिया र अजरबैजानबीच सुरु भएको द्वन्द्वको म्ुख्य जड तत्कालीन सोभियत सङ्घ टुक्रिएपछि भएको युद्धमा आफूले जितेको भूभाग आफ्नै नियन्त्रणमा हुनुपर्ने आर्मेनियाको अडान हो ।एएफपी

ताजा समाचार

Related Articles