हेटौँडा, वैशाख १८ गते । महालक्ष्मी नगरपालिका वडा नम्बर ९ को कार्यालय भवनमा शुक्रबार एक समारोहबीच महालक्ष्मी साहित्य समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ । वि.सं. २०७९ सालमा दर्ता भई संस्थागत साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यले गठन भएको उक्त संस्थाले स्थापनाकालदेखि नै नियमित साहित्य श्रृङखला , पुस्तक प्रकाशन , स्रष्टा सम्मानलगायतका कार्यक्रम गर्दै आएको थियो ।

उक्त अधिवेशनले दुई वर्षीय कार्यकालका लागि विनोद खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । उक्त समाजको उपाध्यक्षमा जुमन किरण , सचिवमा निरा श्रेष्ठ , कोषाध्यक्षमा रूविना राना तथा सदस्यहरूमा पुरूषोत्तम बस्नेत , पुष्कर थापा , सुमन घिमिरे ,महेश गौतम , विष्णु थापा , होमनाथ खत्री र राजाराम राउत सर्वसम्मत चयन हुनुभएको छ।




